१० जेष्ठ २०८३, आईतवार
कालीकोट । कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा भीषण पहिरो जाँदा १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान भासिएर पहिरो जाँदा ठुलो मानवीय क्षति हुन पुगेको छ । घरभित्रै बसेका एकै परिवारका ४ जना पुरिएका छन्।
पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव फेला परेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
पहिरोमा पुरिएर ३६ वर्षीय प्रयाग शाही, उनकी ८ वर्षीया छोरी हिमा शाही, ५ वर्षीय छोरा निराजन शाही र २ महिनाको छोरा,अर्को एक परिवारका तीन सदस्य,सुर्खेतको विरेन्द्रनगर नगरपालिका घर भएका वर्ष ४८ की आइती खड्का र उनकोमा काम गर्ने २२ वर्षीय अमृत थापाको पनि मृत्यु भएको छ।


जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबाबु ओलियाका अनुसार शवहरु सदरमुकाम नल्याउन र घटनास्थलमै पोष्टमार्टम गरेर आफन्तलाई जिम्मा लगरीसँगै स्थानीय पनि लागिपरेका छन् । घटनास्थल जिल्ला सदरमुकाम मान्मबाट तीन घण्टाको दुरीमा पर्दछ ।
आफ्नो जिल्लमा भएको यस दुखद घटनालाई लिएर नेपाली कांग्रेसका युवा नेता भुपेन्द्र जंग शाहीले सामाजिक संञ्जाल मार्फत आफुलाई यस घटनाले दुखित तुल्याएको र मृतक तथा घाइते परिबारलाई तत्काल राहत, उद्धार, क्षतिपूर्ति र उपचारको उचित ब्यबस्थाको लागि उनले सरोकार वाला निकायलाई गम्भिर ध्यान आकर्षण गराएका छन् ।
यस घटनामा पिडित परिबारलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत शाहीले गरेका छन् ।