१० जेष्ठ २०८३, आईतवार
रुपन्देहीःकोरोना संक्रमणबाट रुपन्देहीमा एक महिलाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका वडा नंं ५ की ६८ वर्षीया महिलाको आइतबार राति ९ बजे मृत्यु भएको हो ।
भदौ ११ गते कोरोना संक्रमण पुष्टि भएकी महिला होम आइसोलेसनमै बसेकी थिइन् । ती महिलाको स्वास्थ्यमा समस्या आएपछि आइतबार राति भैरहवाको भीम अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।

