उपत्यकामा थप २ सय ९८ जनामा संक्रमण

होमल्याण्ड खबर

२०७७ भाद्र १५ गते, सोमबार १६:२५ मा प्रकाशित

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ९८ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ संक्रमित थपिएका हुन् ।

जसमध्ये काठमाडौंमा मात्र १ सय ९० संक्रमित थपिएका छन् भने ललितपुरमा ६७ संक्रमित थपिएका छन् । यस्तै भक्तपुरमा ४१ जना संक्रमित देखिएका छन् ।