सञ्चालनमा आयो बालाजुस्थित जनमैत्री अस्पताल

होमल्याण्ड खबर

२०७७ भाद्र १५ गते, सोमबार १७:१४ मा प्रकाशित

काठमाण्डौं । लामो समयदेखि बन्द रहेको काठमाण्डौं बालाजुस्थित जनमैत्री अस्पताल आज बाट सुचारु भएको छ । काठमाडौं महानगर बडा नम्वर १६ का बडाअध्यक्ष मुकुन्द रिजालको समन्वयमा बर्शौदेखि बन्द रहेको जनमैत्री अस्पताल आजबाट सुचारु भएको हो । अस्पतालमा सेबा गर्न गएका डाक्टर,नर्स लगायत स्वास्थ्यकर्मी , कर्मचारीहरुलाई पुष्पगुच्छाले स्वागत गरिएको थियो । उक्त अस्पतालले कोभिड अस्पतालको रुपमा सेवा प्रदान गर्ने यस अघिनै स्वास्थ्य मन्त्रालयले जनाइसकेको छ ।

काठमाडौं महानगरपालिका वडा नं १६ का अध्यक्ष तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का सभापति रिजालको पहलमा वर्षौदेखि बन्द रहेको जनमैत्री अस्पताल कोभिड अस्पताल रुपमा संचालनमा आएको छ । जनमैत्रीमा अहिले एक सय ५० शैय्या सञ्चालनमा छ। यो अस्पताल तीन सय शैय्या क्षमताको भए पनि स्वास्थ्य मन्त्रालयले एक सय ५० शैय्याको मात्रै सञ्चालन गर्न स्वीकृति दिएको थियो।

विश्वप्यापी महामारीको रुपमा फैलिएको कोरोनाका कारण काठमाडौं उपत्यकाका पनि प्रभावित भएर संक्रमितले उपचार पाउन नसकेको भनिएको बेला सो अस्पताल खुलाउन पहल थालिएको थियो । सोहीअनुसार वडाले साउन २९ गते अस्पताल व्यवस्थापनसहित स्वास्थ्य मन्त्रालयलाई अस्पताल खुवाउन आग्रह गर्दै पत्राचार गरेको थियो । त्यसलाई व्यवस्थापन र सरकारले सकारात्मक रुपमा लिँदै कोभिड अस्पताल सञ्चालनको अनुमति दिएर सञ्चालनमा आएसँगै बालाजु क्षेत्रमा कोही संक्रमित भइहाले उपचारमा सहज हुने विश्वास लिइएको छ । अस्पताल सञ्चालको लागि आवश्यक सम्पूर्ण खर्च स्वास्थ्य मन्त्रालयले गरेको बताइएको छ ।