देशभर १ हजार ६९ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ भाद्र १६ गते, मंगलवार १६:२९ मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ६९ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५ सय २९ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ३ सय ९० जना रहेका छन् भने आजसम्म ७ लाख ५५ हजार ५ सय ६० जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै हालसम्म २२ हजार १ सय ७८ जना निकाे भएर घर गइसकेका छन ।