वीर अस्पतालका डाक्टर र नर्स गरी ७१ जनामा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ भाद्र १६ गते, मंगलवार २०:२२ मा प्रकाशित

काठमाडौं । नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालका डाक्टर र नर्स गरी एकैचोटि ७१ जनामा कोरोना पोजिटिभ पाइएको छ ।

संक्रमित स्वास्थ्यकर्मीलाई जमलस्थित एल्लो पगोडा होटलको आइसोलेसनमा लगेर राख्ने तयारी हुँदैछ ।

चिकित्सकहरुमै यति ठूलो परिमाणमा भाइरस संक्रमण भेटिएपछि भोलि र पर्सीका लागि ओपिडी सेवा बन्द गरिएको छ ।
नेपालमा एकैपटक यति धेरै स्वास्थ्यकर्मीमा कोरोना देखिएको यो पहिलो पटक हो ।