१० जेष्ठ २०८३, आईतवार
तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरा नजिकैबाट गाडी त्रिसुली नदीमा खसेको छ ।
कुन गाडी, खस्यो, कति जना सवार थिए भन्ने बारे यकिन भने भएको छैन । गाडी पानीमा पुरै डुबेको दुर्घटनास्थलमा रहेको बादल थकालीले बताए ।


अहिले गोताखोरको टोली उद्धारको तयारीमा रहेको छ । गाडी पोखरा तर्फबाट मुग्लिन तर्फ जाँदै गरेको हुन सक्ने अनुमान प्रहरीको छ ।