१० जेष्ठ २०८३, आईतवार
काठमाडौंःकोरोना संक्रमणबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना काठमाडौंका पुरुष र एक जना तनहुँको २० वर्षको युवती रहेको अस्पतालले जनाएको छ ।
काठमाडौंका पुरुषमा १५ गते कोरोना पोजेटिभ देखिएको थियो । उनी सुगर र प्रेसरको बिरामी रहेको अस्पतालले जनाएको छ। यस्तै तनहुँकी महिलामा भने ’एसएलई’ बाथ रोग र मृगौला पीडित रहेको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाले बताए। ती महिलामा हिजो मात्र कोरोना पुष्टि भएको थियो। मृतक दुबैको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ ।

