१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार एक सय २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । देशभरका ३९ वटा प्रयोगशालामा गरिएको परीक्षणमा बुधबार थप एक हजार एक सय २० जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितमध्ये तीन सय २० जना महिला र आठ सय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको छ ।


पछिल्लो २४ घण्टामा एक हजार एक सय १२ संक्रमित निको भएसँगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २३ हजार दुई सय ९० पुगेको मन्त्रालयले जनाएको छ ।