७ बैशाख २०८२, आईतवार
काठमाडौँ । रातो मछिन्द्रनाथको रथयात्रा आज हुने भएको छ । आज दिँउसो तीन बजे रथयात्राका लागि साइत जुरेको ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तराम महर्जनले बताए ।
रथलाई सामाजिक दूरी कायम गरेर तानिने भएको उनले बताए । आज बेलुका कोरोना भाइरसबाट जोगिने ‘डब्लुएचओ’ को सम्पूर्ण निर्देशनको पालना गर्दै पुल्चोकमा रहेको रथलाई झण्डै ३० मिटर परसम्म लैजान लागिएको महर्जनले बताए ।
महर्जनले भने रथयात्रामा बढीमा १२० जना जति सहभागी हुने जानकारी दिए । ज्यापु समाजले स्थानीयहरुलाई यो वर्ष महामारीको कारण जात्रामा सहभागी नहुन अनुरोध गरेको छ । उनका अनुसार रथ तान्नेहरुलाई पञ्जा, माक्स,स्यानिटाइजर अनिवार्य गरिएको छ । रथ तान्दा सामाजिक दूरी कायम गरिने उनले बताए ।
अवस्था सामान्य हुँदा पाटन शहर पूरै घुमाइन्थ्यो तर यो वर्ष रथ जिर्ण रहेको र कोरोना भाइरस महामारी रहेको हुनाले पुल्चोकको सोह्रखुट्टे पाटीबाट बढीमा ३० मिटर अगाडि लगेर जात्रा बिसर्जन गरिन लागेको हो ।
जात्रालाई बिसर्जन गरेपछि रथलाई बुंगमति लैजाने चलन छ । रातो मछिन्द्रनाथलाई बुंगमति लैजाने साइत जोशी ज्यूले हेरेपछि २६ गतेसम्म बुंगमति पु¥याउने योजनामा समाज रहेको महर्जनले बताए ।