१० जेष्ठ २०८३, आईतवार
काठमाडौ : कोरोना संक्रमण पुष्टि भएर एकान्तवासमा रहेका उद्योगी विनोध चौधरी कोरोना संक्रमण मुक्त भएकाछन् । चौधरीले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै आफु कारोना संक्रमणबाट मुक्त भएको जानकारी गराएका हुन ।
उनले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद दिँदै लेखेका छन् – ‘ तपाईहरुको उत्कट माया र प्रेरणार्ले १० दिन सम्मको एकान्तवासमा मलाई ठूलो उर्जा दियो । त्यही उर्जाका कारण आज म कोरोनाको संक्रमणबाट मुक्त भएको छु ।’


‘मैले जीवनमा तपाईहरुजस्ता आफन्त , इष्टमित्र, साथीभाइ र शुभेच्छुक कमाएको रहेछु । यस अर्थमा मैले आफुलाई अत्यन्तै भाग्यमानी महसुस गर्छु’, चौधरीले लेखेका छन् ।
चौधरीले ट्वीटर मार्फत भदौ १२ गते आफुमा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए ।