१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । काठमाडौं उपत्यका भित्रका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले काठमाडौं उपत्यका प्रवेशमा थप कडाई गर्नुपर्ने बताएका छन् ।
संसदीय समितिको बैठकमा उपस्थित ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले कोरोना संक्रमण रोक्नका लागी आगामी दशैँसम्म निषेधाज्ञा जारी गर्नुपर्ने बताउनुभएको हो ।


काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यका प्रवेश गर्ने पाँचवटै नाकामा सेना परिचालन गर्नुपर्ने तर्क गर्नुभयो । दाहालले अहिले पनि विभिन्न ढुवानीका साधन मार्फत मानिसहरु आवतजावत भइराखेकाले त्यसलाई कडाई गर्न सेना परिचालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
यस्तै, भक्तपुर जिल्लाकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उपत्यका प्रवेश गर्ने नाकाहरुबाट मान्छे प्रवेश गराउन माथिल्लो तहका जिम्मेवार निकायबाट दबाब आउने गरेको बताउनुभयो ।
नगरपालिका मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले उपत्यकामा लागू भएको तेस्रो चरणको निषेधाज्ञा नाम मात्रैको भएको बताउनुभयो ।