१० जेष्ठ २०८३, आईतवार
काठमाडाैं । सरकारले वीर अस्पताललाई कोरोना अस्पतालका रुपमा सञ्चालन गर्ने भएको छ । अब वीर अस्पतालबाट दिँदै आएका सेवाहरु राष्ट्रिय ट्रमा सेन्टरबाट उपलब्ध हुनेछन् ।
यसैगरी सरकारले विभिन्न शिक्षण संस्थाहरुमा स्वास्थ्य विधामा अध्ययनरत विद्यार्थीहरुलाई स्वयंसेवकका रुपमा परिचालन गर्ने भएको छ । आवश्यकता अनुसार विद्यार्थीहरुलई स्वयंसेवी रुपमा परिचालन गर्न सम्झौता गर्ने निर्णय भएको उहाँले बताउनुभो ।


त्रिवि शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा आइसियू बेड निर्माणका लागि अर्थ मन्त्रालयले बजेट विनियोजन गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार दुबै अस्पतालमा ६० बेड आइसियू निर्माणका लागि मन्त्रालयले बजेट निकासा गरेको बताइएकाे छ।