पुल्चोकमा प्रहरी कुटेको आरोपमा पक्राउ परेकामध्ये २ जनामा कोरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ भाद्र २२ गते, सोमबार १२:०७ मा प्रकाशित

काठमाडौं । गत बिहीबार ललितपुरको पुल्चोकमा जवरजस्ती रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि पक्राउ परेका १६ जनामध्ये २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

रथ तान्ने क्रममा भएको झडपमा क्रममा ड्युटीमा खटिएका ट्राफिक प्रहरीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरुलाई क्वारेन्टाइमा राखी कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएकोमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना रिपोर्ट पोजेटिभ आएकालाई अहिले अलग्गै आइसोलेसनमा राखिएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
यस्तै, त्यहिदिन झडप नियन्त्रणका लागि खटिएका १८ जना प्रहरीलाई समेत कोरोना पोजेटिभ देखिएको थियो ।

बिहीबार भएको झडपपछि शुक्रबार स्थानीय प्रशासन र स्थानीयबीचको सहमतिका आधारमा स्वास्थ्यका मापदण्ड पालना गरी आइतबार रथ तानिएको छ ।