१० मंसिर २०८१, सोमबार
काठमाडाैं । युवा स्टार खेलाडी केलियन एमबाप्पे कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
फ्रेन्च लिग वान विजेता पेरिस सेन्ट–जर्मेन (पिएसजी) का खेलाडी एमबाप्पेमा संक्रमण पुष्टि भएको हो ।
उनमा संक्रमण देखिएपछि युरोपियन नेशन्स लिग अन्तर्गत मंगलबार राति हुने फ्रान्स र क्रोएसियाबिचको खेल अन्यौलमा परेको छ ।
गएको हप्ता पिएसजीका ६ खेलाडीमा संक्रमण देखिएको थियो ।