महामन्त्री काेइरालालाई काेराेना पाेजेटिभ,सचिवालयका १९ काे नेगेटिभ

होमल्याण्ड खबर

२०७७ भाद्र २३ गते, मंगलवार १८:१७ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक काेइरालालाई काेराेना संक्रमण भएकाे छ । मंगलबार उनलाई काेराेना संक्रमण पुष्टि भएकाे हाे । तर, महामन्त्रीका स्वकिय सचिव भरत तिवारी सहित कन्ट्याक्ट् ट्रेसिङ गरिएका १९ जनाकाे भने काेराेना नेगेटिभ अाएकाे छ ।

मंगलबार नै स्वाब परिक्षण गर्दा कोइरालाको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ । कोरोना संक्रमण भए पनि कोइरालामा कुनै लक्षण नदेखिएको बताइएको छ ।

उनको स्वास्थ्य  सामान्य रहेको स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।अहिले उनी आफ्नै निवासमा क्वारेन्टाइनमा वसेका छन् ।