काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्ब्याउन सुझाव

होमल्याण्ड खबर

२०७७ भाद्र २४ गते, बुधबार १५:०४ मा प्रकाशित

काठमाडौं । कोरोना संक्रमण दर नघटेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउन सुझाव दिएको छ ।

अबको एक साता लकडाउन लम्ब्याए महामारी नियन्त्रण गर्न सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउने सुझाव दिएको हो ।

मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले उपत्यकामा अहिले पनि जोखिम नघटेको भन्दै जारी निषेधाज्ञालाई कम्तिमा एक साता निरन्तरता दिनुपर्ने बताए ।

उपत्यकामा अहिले पनि ५ सय भन्दा बढी सक्रिय संत्रमितहरु रहेकाले अहिले नै निषेधाज्ञा खोल्न नहुने उनको भनाई छ ।

उपत्यका नगरपालिका फोरमले भने सीमाबाट प्रवेश गर्ने नाकामा कडाइ गर्ने र जनजीवन खुकुलो बनाउन पर्ने बताएको छ ।