१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसीड आक्रमणका दोषीलाई कारबाही गर्न नयाँ कानुनको मस्यौदा १५ दिनभित्र बनाउन कानुनमन्त्री र सम्बन्धित निकायलाई निर्देशनजानकारी दिएका छन् ।
एसीड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनुपर्ने माग गर्दै पीडित समूहले गरेको कार्यक्रममा सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले अध्यादेश मार्फत् नयाँ कानून बनाउने बताएका हुन्। ।


प्रधानमन्त्री ओलीले एसीड पीडितको माग अनुसार अमानवीय र जघन्य अपराधका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
नयाँ कानूनमा अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पुर्याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने उल्लेख छ ।
प्रधानमन्त्री ओलीले एसीड पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको व्यवस्था मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणासमेत गरेका छन् । ।