मन्त्रीपरिषदको बैठकले प्राधिकरणको निर्देशक र सरकारको प्रवक्ताको निर्णय गदैँ

होमल्याण्ड खबर

२०७७ भाद्र २६ गते, शुक्रबार ०८:५० मा प्रकाशित

काठमाडौंः  मन्त्रीपरिषदको आज बस्ने नियमित बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका बारे हुने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि नै मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।

उर्जामन्त्री पुनले कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नै निरन्तरता दिनेसम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्मा पेस गर्ने तयारी गरेको मन्त्री पुनका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिएका छन् ।

मन्त्रिपरिषद्को बैठकले सरकारको प्रवक्ता आजै तोक्ने तयारी गरेको छ । स्रोतका अनुसार  सरकारको प्रवक्तामा पर्यटन संस्कृति एवं नागरिक उड्यान मन्त्री योगेश भट्टराईलाई तोक्ने तयारी गरेको छ। नयाँ सञ्चारमन्त्री नियुक्त नहँदासम्म उनलाई सरकारको प्रवत्ता तोक्ने तयारी गरेको वालुवाटार निकट स्रोतले जनाएको छ ।

यस्तै आजको बैठकले विभिन्न देशका लागि राजदूत सिफारिस गर्ने तयारीसमेत गरेको बुझिएको छ । यसअघि हिजो बोलाइएको बैठक प्रधानमन्त्रीका ब्ययस्तताको कारण आजको लागि सारिएको हो ।