१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः नेपालमा थप एक हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ७०१ नमुनाको पीसीआर परीक्षणमा थप एक हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ३६ हजार ६६२ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४ हजार २९५ रहेको छ ।


यस्तै, मन्त्रालयका अनुसार ८ जार २९१ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ६ हजार ६३४ जना रहेका छन् । आजसम्म देशभर ६ जार ८ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसीयूमा १७० जनाको उपचार भइरहेको छ भने २५ जना भेन्टिलेटरमा छन्। नेपालमा हालसम्म ८ लाख २१ हजार १८६ जनाको पीसीआर परिक्षण भएको छ ।