काठमाडौं उपत्यकामा ३ जना कोरोना संक्रमितको मृत्यु

होमल्याण्ड खबर

२०७७ भाद्र २७ गते, शनिबार ११:४० मा प्रकाशित

काठमाडौंः कोरोना संक्रमणबाट काठमाडौं उपत्यकाका थप तीन जनाको मृत्यु भएको छ । ललितपुरको पाटन अस्पतालमा उपचार २ जना र मेघा अस्पतालमा उपचारत १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा भक्तपुरका दुई जना पुरुष र काठमाडौंका एक पुरुष रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

ललितपुरको पाटन अस्पतालमा उपचारत काठमाडौंका ५१ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । भदौ १९ गते अस्पता  भर्ना भएर उपचार गराइरहेका उनको आज बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी ललितपुरकै पाटन अस्पतालमा उपचार गराइरहेका भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ७२ वर्षीय पुरुषको भदौ १७ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।

ललितपुरको मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । उनी भदौ २६ गते अस्पतालमा भर्ना भएका थिए ।