१० जेष्ठ २०८३, आईतवार
काठमाडौं : स्थलमार्ग हुँदै सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न त्यसतर्फ प्रस्थान गरेका छन् । उहाँ स्थलमार्गबाट आज बिहानै सिन्धुपाल्चोकको बाह्रबिसे प्रस्थान गरेका हुन् ।
पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी आज बिहान ४ बजे आउनासाथ हामी गाडीमार्फत् त्यता हिँड्यौं,’ सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने ।


अविरल वर्षाका कारण गएराती बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङ नागपुजेस्थित फड्के खेतमा पहिरो जाँदा नागपुजे ,भिरखर्क गाउँ बगाएको छ । एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ७ घर र भिरखर्कमा १० घर बगाएको छ भने, १७ जना बेपत्ता १ को शव फेला थप विवरण आउन बाकी ..