नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ भाद्र २८ गते, आईतवार १६:२८ मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १ हजार ३९ जना जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार १ सय ५९ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ६ हजार ५ सय ३६ जना रहेका छन् भने आजसम्म ८ लाख ४० हजार ५ सय २७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ११७३ जना निकाे भएसँगैं हालसम्म ३८ हजार ६ सय ९७ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ९ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३४५ पुगेकाे छ ।