उपत्यकामा ५९७ जना काेराेना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ भाद्र २८ गते, आईतवार १६:५९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घण्टामा उपत्यकामा ५ सय ९७ जनामा काेरोना संक्रमण पुष्टि भएको बताएका हुन् ।

संक्रमितहरु काठमाडौंको ४८३, ललितपुरको ३३ र भक्तपुरको ८१ जना रहेको गौतमले बताए ।यससँगैं काठमाडौंमा  हजार ९५८६ ललितपुरका ११६‍२  र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन्।

आज देशभर १०३९ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५४ हजार १ सय ५९ पुगेको छ ।