१० जेष्ठ २०८३, आईतवार
काठमाडाैं । नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङकाे पुनर्नियुक्तिकाे माग गर्दै सर्वसाधारणले जुलुस निकालेका छन् । प्राधिकरणमा रहँदा राम्राे काम गरेकाले घिसिङलाई पुन: जिम्मेदारी दिनुपर्ने उनीहरूकाे माग छ ।
काठमाडौंकाे बाैद्दबाट शुरू भएकाे जुलुस जाेरपाटी चाेकमा गएर काेणसभामा परिणत भएकाे थियाे । नेविसंघका नेता दुजाङ शेर्पाले राम्राे काम गर्ने व्यक्तिका पक्षमा आफुहरू उभिएकाे बताए । “ लाेडसेडिङकाे मारबाट जनतालाई मुक्त गर्ने घिसिङकाे पक्षमा जनमत छ । उहाँलाई पुन नियुक्ति गर्नुपर्छ भन्ने सर्वसाधारण जनताकाे चाहनामा हाम्राे पनि साथ छ´´ शेर्पाले भने ।


हिजाे मात्र घिसिङ कार्यकाल सकेर प्राधिकरणबाट विदा भएका थिए ।