एकै दिन १ हजार २ सय ४६ जनामा संक्रमण

होमल्याण्ड खबर

२०७७ आश्विन १ गते, बिहीबार १६:३१ मा प्रकाशित

काठमाडाैं । नेपालमा पछिल्लो २४ घन्टामा नेपालमा थप १२ सय ४६ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५९ हजार ५ सय ७३ जना पुगेको छ ।

हाल क्वारेन्टिनमा ७ हजार ८ सय ८३ जना रहेका छन् भने आजसम्म ८ लाख ८२ हजार ९ सय १५ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज १२४३ जना निकाे भएसँगैं हालसम्म ४२ हजार ९ सय ४९ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा ४ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ३८३ पुगेकाे छ ।