उपत्यकामा ६१८ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन १ गते, बिहीबार १६:५६ मा प्रकाशित

काठमाडौंः काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ५०७ ,भक्तपुरका ५० र ललितपुरका ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले जानकारी दिए।

पछिल्लो २४ घण्टामा आज १२ सय ४६ जनामा संक्रमण पुष्टि भएको  प्रवक्ता डा.  गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५९ हजार ५७३ पुगेको छ। हाल  १६ हजार २४१कोरोनाका सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ६४१ जनाको  पीसीआर परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा १२ सय ४३ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४२ हजार ९३९ पुगेको छ।