उपत्यकामा थपिए ८५९ जनामा संक्रमित

होमल्याण्ड खबर

२०७७ आश्विन २ गते, शुक्रबार १६:४९ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ८५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८५९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । २४ घण्टामा थपिने कोरोना संक्रमितको यो संख्या हालसम्मकै धेरै हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका ६९८ जना, ललितपुरका ८२ जना र भक्तपुरका ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ रहेको छ । संक्रमित मध्ये ४३ हजार ८२० जना निको भएर घर फर्किसकेका छन् ।  पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।