असोज २४ गतेसम्मका लागि राेकियाे निजामती कर्मचारीको सरुवा तथा काज

होमल्याण्ड खबर

२०७७ आश्विन ५ गते, सोमबार १३:४८ मा प्रकाशित

काठमाडौं। असेज २४ गतेसम्मका लागि निजामती कर्मचारीको सरुवा र काज राेकिएकाे छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको काज तथा सरुवा रोकेको हाे।

निजामती कर्मचारीहरूको आधिकारीक ट्रेड युनियनको निर्वाचन आचार संहिता लागू भएका कारण कर्मचारीको काज तथा सरुवा २४ असोजसम्म रोक्‍ने निर्णय गरेको हो। ट्रेड युनियनको निर्वाचन २४ असोजलाई तोकिएको छ। निर्वाचन आचारसंहिता १ असोजबाटै लागू गरिसकिएको जनाइएको छ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन निर्वाचन २०७७ प्रमुख निर्वाचन अधिकृतको कार्यालयले २४ असोजसम्म सरुवा तथा काज नगर्न अनुरोध गरेपछि मन्त्रलायले रोकेको हो। देशभर ८० हजारभन्दा बढी निजामती कर्मचारीहरू कार्यरत छन्।