१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः काठमाडौं उपत्यकामा थप ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६७४ कोरोना संक्रमित थपिएका हुन ।
काठमाडौंमा ५३८, भक्तपुरमा ७४ र ललितपुरमा ६२ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका २१३ महिला र ३२५ पुरुष, भक्तपुरका ३० महिला र ४४ पुरुष, ललितपुरका ३१ महिला र ३१ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।


पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ४७ हजार २३८ पुगेको छ । यो ७२ प्रतिशत हो । सक्रिय संक्रमितको संख्या १७ हजार ६११ रहेको छ ।