उपत्यकामा ६४७ संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन ६ गते, मंगलवार १६:५२ मा प्रकाशित

काठमाडौंः काठमाडौं उपत्यकामा थप ६४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा  ६४७ कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौंमा ५११, भक्तपुरमा ६३ र ललितपुरमा ७३ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा १७३ महिला र ३३८ पुरुष, भक्तपुरमा २२ महिला र ४१ पुरुष, ललितपुरमा २७ महिला र ४६ पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा ११ हजार १५४ जनाको पीसीआर परीक्षण गर्दा थप एक हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । यससँगै नेपालमा संक्रमितको संख्या ६६ हजार ६३२ पुगेको छ ।