पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

होमल्याण्ड खबर

२०७७ आश्विन ८ गते, बिहीबार १२:४३ मा प्रकाशित

चितवन । अविरल वर्षासँग खसेको पहिरोका कारण बुधबार बेलुकीदेखि अवरु रहेको नारायणगढ–मुग्लिन सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको छ ।

बुधबार रातिदेखिकै प्रयासको परिणामस्वरुप पहिरो पन्छाइएपछि बिहीबार दिउँसो १२ः०५ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

इच्छाकामाना गाउँपालिका–६ स्थित चारकिलो भन्ने ठाउँमा खसेको पहिरोका कारण बुधबार बेलुकादेखि नारायणगढ–मुग्लिन सडक पूर्ण रुपमा अवरुद्ध भएको थियो ।

सोही स्थानमा बुधबार दिउँसो ४ः३० बजे पनि पहिरो खसेको थियो । पहिरो पन्छाएर बुधबार साँझ ७ बजेदेखि यातायात शुचारु गरिएकोमा पुनः पहिरो खसेपछि यातायातका साधनहरु बीच बाटोमै रोकिएका थिए ।