२४ घण्टायता १३१३ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन ९ गते, शुक्रबार १६:३९ मा प्रकाशित

काठमाडौं : पछिल्लो २४ घण्टामा १ हजार ४९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

हाल देशभर १८ हजार ४३७ जना सक्रिय संक्रमित छन्। यीमध्ये ९ हजार ८२३ होम आइसोलेसनमा छन् भने ८ हजार २२८ जना संस्थागत आइसोलेसनमा छन्।पछिल्लो २४ घण्टामा १ हजार ४५५ निको भएका छन्। योसँगै ५१ हजार ८६६ जना निको भएको मन्त्रालयले जनाएको छ। यो कुल संक्रमितको ७२.७ प्रतिशत हो।