गोरेको वयान चार दिन लगाएर सकियो, आजैदेखि थुनछेक वहस

होमल्याण्ड खबर

२०७५ जेष्ठ १३ गते, आईतवार १०:१९ मा प्रकाशित

चार दिन लगाएर चुडामणि उप्रेती ‘गोरे’को बयान आज सकिएको छ ।
साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याकाण्डका मुख्य आरोपी मानिएका गोरेको गत बुधबारबाट बयान लिइएको थियो । मोरङ जिल्ला अदालतमा आज उनको बयान सकिएसँगै गोरेमाथि आजैदेखि नै थुनछेक बहस सुरु हुने बताइएको छ ।
गत माघ पहिलो साता यूएईबाट आएको साढे ३३ किलो सुन गायब र त्यसपछि सनम शाक्यको हत्या भएसँगै गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय विशेष छानबिन टोली गठन भएको थियो ।
समितिको प्रतिवेदनको आधारमा प्रहरीका उच्च अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो । जसमा प्रहरी उच्च अधिकारीसहित २८ जनापूर्पक्षका लागि जेल चलान भइसकेका छन् ।