८ मंसिर २०८१, शनिबार
शेन वाट्सनले विस्फोटक व्याटिङ गर्दै सतकिय पारि खेलेपछि आईपीएल क्रिकेट प्रतियोगिताको उपाधी चेन्नाई सुपर किंग्सले जितेको छ ।
आईपीएलमा २ बर्षको प्रतिबन्ध पछि आएको महेन्द्रसिंह धोनी नेतृत्वको चेन्नाईले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै उपाधी जितेको हो । चेन्नाईले ९ बल बाँकी छदै १ सय ७९ रनको लक्ष्य भेटाएको थियो । चेन्नाईको जितमा सेन वाट्सनले विष्फोटक व्याटिङ गरेका थिए ।
उनले ५७ बल खेल्दै ११७ रन बनाए । आक्रामक व्याटिङ गरेका वाट्शनले ८ छक्का र ११ चौका प्रहार गरे । यसैगरी सुरेश रैनाले ३२ तथा फाप डु प्लेसिसले १० रन बनाए । टस हारि पहिला व्याटिङ गरेको हैदरावादले निर्धा्रित ओभरमा ७ विकेट गुमाउँदै १७८ रन बनाएको थियो । हैदरावादकालागि केन विलियम्सनले ४७ रन बनाएका थिए । यसैगरी युशुफ पठानले आउट नभई ४५ रन बनाए ।