पछिल्लो २४ घण्टामा थप १५५९ जनामा कोरोना भाइरस संक्रमण

होमल्याण्ड खबर

२०७७ आश्विन १४ गते, बुधबार १७:४१ मा प्रकाशित

काठमाडौं । नेपालमा थप १ हजार ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिी १२ हजार २ सय ५ जना आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।

थप १ हजार ५ सय ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७७ हजार ८ सय १७ पुगेको छ ।