पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित २७२२ जना थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन १६ गते, शुक्रबार १६:२८ मा प्रकाशित

काठमाडौं । नेपालमा २७२२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २७२२ जना नयाँ संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थपिएको यो संख्या हिलेसम्म कै धेरै हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८२ हजार ४५० रहेको छ । संक्रमित मध्ये ६० हजार ६९६ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३०७ जना कोरोनामुक्त भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।