१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीका ३ वटै सल्लाहकारमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई संक्रमण पुष्टि भएको छ। यस्तै, स्वकीय सचिव इन्द्र भण्डारीमा पनि कोरोना संक्रमण देखिएको हो।
उनीहरु सबैले सामाजिक सञ्जाल मार्फत स्वाब संकलन गरि गरिएको परीक्षणमा आफूलाई कोरोना पुष्टि भएको बताएका छन्। उनीहरुले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबै व्यक्तिलाई आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन्।


शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गरिएको थियो। बालुवाटारमा खटिएका केही सुरक्षाकर्मीमा समेत कोरोना संक्रमण देखिएको बताइएको छ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापा २ दिन अघि प्रधानमन्त्री ओली सँगै देखिएका थिए।
अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा बिहिबार आयोजित भर्चुअल कार्यक्रमलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै गर्दा सूर्य थापा नजिकै प्रधानमन्त्रीका कुरा टिपोट गरिरहेको देख्न सकिन्छ। उक्त तस्विर थापाले सामाजिक सञ्जालमा सेयर गरेका छन्।