पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ आश्विन १८ गते, आईतवार १६:३४ मा प्रकाशित

काठमाडौं । नेपालमा २२५३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २२५३ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ रहेको छ । संक्रमित मध्ये ६४ हजार ६९ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या २२ हजार २१९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १३२९ जना कोरोनामुक्त भएका छन् भने ७ जनाको मृत्यु भएको छ ।