निषेधाज्ञापछि ७ लाखकाे काठमाडौं आवतजावत

होमल्याण्ड खबर

२०७७ आश्विन १९ गते, सोमबार १४:१५ मा प्रकाशित

काठमाडौं । विश्व महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमण न्यूनिकरण गर्न गरिएको निशेधाज्ञापछि काठमाडौं आवतजावत गर्नेहरुको संख्या निकै बढेको छ । ५ महिनाको देशव्यापी लकडाउन र काठमाडौंमा करिब एक महिना भएको निषेधाज्ञा साउन ३१ गतेदेखि हटेको थियो ।

काठमाडौं जिल्ला प्रशासनले भदौ ३१ गतेदेखि निषेधाज्ञा हटाएसँगै काठमाडौं आवजावत गर्नेहरुको संख्या निकै बढेको तथ्यांले देखाएको छ । महानगरिय ट्राफिक महाशाखाकाको तथ्यांक निषेधाज्ञा खुलेपछि असोज १७ गतेसम्म काठमाडौं उपत्यकामा विभिन्न नाकाहरुबाट ३ लाख ५८ हजार ४ सय जनाले प्रवेश गरेका छन् । यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या भने ३ लाख ६१ हजार २ सय ८८ जना रहेका छन् ।

काठमाडौं प्रवेश गर्ने र काठमाडौंबाट बाहिर जानेहरुको संख्या लगभग एउटै छ । काठमाडौं प्रवेशभन्दा काठमाडौं बाहिर जानेहरुको संख्या २ हजार ८ सय ८८ ले मात्र बढी छ । महाशाखा सूचना अधिकारी रामेश्वरप्रसाद यादवले पछिल्लो समय काठमाडौंबाट बाहिरिनेभन्दा पनि भित्रिने संख्या बढी रहेको बताए ।

उनका अनुसार ९४ हजार ९ सय ७७ गाडीले काठमाडौं प्रवेश गरेको र ९४ हजार ७ सय ४५ गाडी बाहिर गएको उनले बताए । उनले आवतजावत गर्नेहरुले स्वास्थ्य सुरक्षा नअपनाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही पनि गर्दै आएको बताए ।

भदौ २४//२५ गतेदेखि हालसम्म २२ हजार ६ सय २१ वटा गाडीलाई कारबाही गरिएको उनले बताए । जसमा १७ हजार ९६ दुई पाँग्रे र ४ हजार ६ सय ४४ चार पाँग्रे भएको उनको भनाई छ ।

मंगलबारदेखि यात्रु हेल्प डेस्क राखिने

उनका अनुसारर मंगलबारदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा यात्रु हेल्प डेस्क राखिने भएको छ । दशैंमा उपत्यका आवतजावत गर्नेहरुका लागि पर्सिदेखि यात्रु हेल्प डेस्क राखिने उनले बताए ।

उनले काठमाडौंका विभिन्न स्थान बसपार्क, कालीमाटी, कलंकी, नागढुङ्गा, कोटेश्वर, गौशाला लगायत १०/१२ ठाउँमा हेल्प डेस्क राखिने बताए ।

दशैं तिहार लक्षित गरी हेल्प डेक्स स्थापना हुने उनकाे भनाइ छ  । ‘दशैँ र तिहार पर्वलाई लक्षित गरी यत्रुलाई आवातजावत गर्दा अनावश्यक दुःख, कष्ट, समस्या नहोस् भननेर र स्वास्थय सुरक्षा मापपदण्ड पालना गर नगरेको निगरानी गर्न भनेर हेल्प डेस्क स्थापना गरिन लागिएकाे हाे उनले बताए ।

बसपार्कबाट देशका विभिन्न जिल्लाहरुका लागि छुट्ने बसहरुमा भिडभाड भए नभएको, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको निगरानी गर्नेछौं, यात्रुको भीड हुने भएकाले सहजताका लागि सहायता कक्षा स्थापना गरेर प्रहरी खटाइने छ,उनले भने ।