१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
असोज १९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशका अन्य जिल्ला भन्दा काठमाडौं उपत्यका कोरोना संक्रमण उच्च जोखिममा रहेका बताए ।


“हाल प्रत्येक दिन देखिने कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी सङ्क्रमितको सङ्ख्या उपत्यकामा रहेको छ । अहिलेसम्म उपत्यकामा कोरोना सङ्क्रमण नियन्त्रण उन्मुख नदेखिएको हुनाले काठमाडौँवासीले असाध्यै धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ”, उनले भने , “झण्डै ४० लाख बसोबास गर्ने उपत्यकामा यदि सङ्क्रमण अनियन्त्रित भयो भने त्यसले हामीलाई निकै ठूलो जोखिममा पु¥याउनसक्ने अवस्था छ ।”
मन्त्री ज्ञवालीले काठमाडौँवासीलाई आफूले सेवा दिँदा वा लिँदा, व्यवसाय सञ्चालन गर्दा वा सहयोग पु¥याउँदा, सार्वजनिक यातायात वा निजी सवारीसाधनमा हिँडडुल गर्दा तथा अन्य कुनै प्रकारको गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखेर सतर्कता अपनाउन विशेष आग्रह गरे ।
प्रवक्ता ज्ञवालीले नेपालीहरुको महान पर्व दसैँ नजिकिदैँ गएसँगै कोरोना संक्रमणको जोखिम बढेको बताए । विभिन्न जिल्लाबाट काठमाडौं ओहाेरदोहोर गर्दा संक्रमण पनि ओहोरदोहोर गर्ने भन्दै उनले सतर्क रहन आग्रह गरेका छन् । साथै कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु रहेकाले यसतर्फ ध्यान दिन समेत आग्रह गरेका छन् ।