१० मंसिर २०८१, सोमबार
एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल र स्पेन गोलरहित बराबरीमा सकिएको छ ।
पोर्चुगलको घरेलु मैदान स्टेडियो जोसे अल्भाडेमा पोर्चुगल स्पेनसँग रोकिए हो ।
यूईएफए नेसन्स लिगको तयारीका लागि दुबई टोली पोर्चुगल र स्पेनले मैत्रीपूर्ण खेल खेलेका हुन । नेसन्स लिगमा साविकको विजेता पोर्चुगल लिग ए ग्रुप ३ को शीर्ष स्थानमा छ भने स्पेन ग्रुप ४ को शीर्ष स्थानमा छ । पोर्चुगलले यश अघि अघिल्लो दुई खेलमा सहज जित निकालेको थियो ।
पहिलो खेलमा टोलिका नियमित कप्तान क्रिस्टियानो रोनाल्डो बिनानै मैदान उत्रिए पोर्चुगले क्रोएसीयामाथि ४-१ को सहज जित निकालेको थियो । त्यस्तै दोस्रो खेलमा स्वीडेन विरुद्धको खेलमा कप्तान रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबल करिअरको १०० गोलको कोसेढुंगा पार गरेका थिए उक्त खेलमा पोर्चुगल २-० गोलले विजयी भएको थियो ,यो दुई गोल रोनाल्डो एकलै ले गरेका थिए ।
यता स्पेनले भने यूईएफए नेसन्स लिगको पहिलो खेलमा जर्मनसँग १-१ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा युक्रेन विरुद्ध ४-० को सानदार जित निकालेको थियो ।
आज भएका अन्य खेलहरु
इटाली विरुद्ध माल्डोभासँग (६-०)
जर्मन विरुद्ध टर्की (३-३)
नेदरल्यान्ड विरुद्ध मेक्सिको (०-१)
स्वीट्जरल्याण्ड विरुद्ध क्रोएशिया (१-२)
फ्रान्स विरुद्ध युक्रेन (७-१)