नेपाली सेनाका थप १९ जना कर्मचारीमा काेरोना संक्रमण

होमल्याण्ड खबर

२०७७ आश्विन २३ गते, शुक्रबार १४:३२ मा प्रकाशित

काठमाडौं । नेपाली सेनाका थप १९ जना सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार देशका विभिन्न ठाउँमा गरी पछिल्लो २४ घण्टामा थप १९ जना सुरक्षाकर्मी तथा कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

थप १९ जनासहित कोरोना संक्रमित हुने सैनिक कर्मचारीको संख्या २ हजार ९ सय ८८ पुगेको छ । हालसम्म १ हजार ५ सय १८ जना सैनिक कर्मचारी कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

देशका विभिन्न ठाउँमा गरी अझै १ हजार ४ सय ६८ सैनिक कर्मचारी सक्रिय संक्रमित छन् । कोरोना भाइरसको संक्रमणबाट हालसम्म २ जना सैनिक कर्मचारीको मृत्यु भएको छ ।