१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । नेपालमा २०५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २०५९ जना नयाँ संक्रमित थपिएका हुन् ।
योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ६७६ रहेको छ । संक्रमित मध्ये ७३ हजार २३ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।


पछिल्लो २४ घण्टामा १६८० जना कोरोनामुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।