पछिल्लो २४ घण्टामा २६३८ जना कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन २८ गते, बुधबार १६:३० मा प्रकाशित

काठमाडौं । नेपालमा २६३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा २६३८ जना नयाँ संक्रमित थपिएका हुन् ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ रहेको छ । संक्रमित मध्ये ८० हजार ९५४ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३६ हजार ३६७रहेको छ ।

पछिल्लो २४ घण्टामा २१७४ जना कोरोनामुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।