१० मंसिर २०८१, सोमबार
एजेन्सी । यूईएफए नेसन्स लिगमा साविकको विजेता पोर्चुगले स्विडेनलाई ३-० गोल अन्तरले पराजित गरेको छ । पोर्चुगलले आफ्नो घरेलु मैदानमा पाहुना टोली स्विडेनमाथि ३-० को सहज जित निकालेको हो ।
घरेलु टोलि पोर्चुगलको जितमा डियोगो जोटाले २ गोल र बर्नाल्डो सिल्भाले १ गोल गरेका थिए । यो सँगै पोर्चुगल तेस्रो जितको निकालेको छ ।
लिग ‘ए’को समूह ३ मा रहेको पोर्चुगल १० अंकसहित शीर्ष स्थानमा छ । उसले ४ खेलमध्ये ३ खेलमा जित तथा एक खेलमा बराबरी खेलेको छ । यता, अंकविहीन बनेको स्वीडेन सो समूहको चौथो स्थानमा छ । यसअघि ३ खेल खेलेको स्वीडेन सबै खेलमा पराजित भएको थियो ।