काठमाडौंको सोह्रखुट्टेस्थित एक घरमा ग्यास विस्फोट, चारजना घाइते

होमल्याण्ड खबर

२०७७ आश्विन २९ गते, बिहीबार १४:०० मा प्रकाशित

काठमाडौं:  काठमाडौंको सोह्रखुट्टेमा रहेको एक घरमा ग्यास विस्फोट हुँदा चारजना घाइते भएका छन् भने १० घरमा क्षति पुगेको छ ।

काठमाडौं प्रहरी परिसरका एसपी सोमेन्द्र सिंह राठौरका अनुसार विस्फोट नीलकुमार क्षेत्रीको घरमा भएको हो । उनका अनुसार किरियापुत्री बसेको घरमा ग्यास विस्फोट भएको थियो । पहिले ग्यास लिक भएको थियो भने पछि विस्फोट भएको उनले जानकारी दिए ।

उनका अनुसार नजिक रहेका कम्तिमा पनि १० वटा घरमा झ्यालका सिसा फुटेका छन् । विस्फोटमा घाइते भएकाहरुलाई मनमोहन अस्पताल लगिएको छ ।