१० मंसिर २०८१, सोमबार
पूर्वगृहमन्त्री दान बहादुर शाहीको ७६ वर्षको उमेरमा निधन भएको छ ।
श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाहीको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान निधन भएको पारिवारीक स्रोतले रातोपाटीलाई जानकारी दिएको छ ।
डोटीको मुम्राकोट घर भएका शाही तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकाल रहेको बेला गृहमन्त्री थिए ।
उनको आजै पशुपति आर्यघाटका अन्तिम दाहसंस्कार गरिने बताइएको छ ।