पछिल्लो २४ घन्टामा ४३९२ काेराेना संक्रमित थपिए, २१ जनाकाे मृत्‍यु

होमल्याण्ड खबर

२०७७ आश्विन ३० गते, शुक्रबार १६:३५ मा प्रकाशित

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप ४३९२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप चार हजार ३९२ जना र उपत्यकामा मात्र २४०२ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख २६ हजार १ सय ३७ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३७ हजार ३ सय ८२ पुगेकाे छ ।

नेपालमा आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज ३५२२ जना निकाे भएसँगैं हालसम्म ८८ हजार ४० जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा २१ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ७१५ पुगेकाे छ ।