आज नवरात्रीको सातौं दिनः कालरात्रीको पूजाआराधना गरी फुलपाती भित्र्याइँदै

होमल्याण्ड खबर

२०७७ कार्तिक ७ गते, शुक्रबार १०:२६ मा प्रकाशित

काठमाडौं । आज दशैँको सातौ दिन घरघरमा फूलपाती भित्र्याई कालरात्रीको पूजा आरधना गरी मनाइदै छ ।

घर तथा मन्दिरमा स्थापना गरिएको नवदुर्गा भवानी तथा दशैँघरमा आज विधिपूर्वक फूलपाती भित्र्याउने गरिन्छ ।

घटस्थापनाको दिन विधि पूर्वक पूजा गरिएको दशैँघरमा आजको दिनलाई शुभसाइत मानेर उखु, केराको बोट, बेलपत्र तथा सुगन्धित फूल भित्र्याउने गरिन्छ ।

आजको दिन दिनभरी नै शुभसाइत मानिने भएकाले छुट्टै शुभसाइतको आवश्यक नपर्ने ज्योतिषीय मान्यता रहेको छ ।

काठमाडौंको हनुमान ढोकामा आज दिउँसो फूलपाती भित्र्याइदै छ ।

गोरखाबाट ल्याइने फूलपाती धादिङको जीवनपुरसम्म ६ जना मगर समुदायले ल्याउने र जीवनपुरदेखि ६ जना ब्राह्मण समुदायले काठमाडौंसम्म ल्याउने परम्परा रहेको छ ।